
विराटनगर । विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।
लागूऔषध दुर्व्यसनविरुद्धको महाअभियान तथा लागूऔषध नियन्त्रणसम्बन्धी एक हप्ते अभियानअन्तर्गत गरिएको विशेष चेकजाँचका क्रममा उनीहरू पक्राउ परेका हुन् ।
प्रहरीले विराटनगर महानगरपालिका-१५ का ३२ वर्षीय दीपक सहनी, २७ वर्षीय मोहम्मद कफिल तथा मोरङको सुन्दरहरैँचा नगरपालिका-५ का २५ वर्षीय दिपेश पोखरेललाई पक्राउ गरेको छ ।
भारतबाट पैदल नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शंका लागेर चेकजाँच गर्दा लागूऔषध फेला परेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।
चेकजाँचका क्रममा उनीहरूको साथबाट ८ ग्राम ३१० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको छ ।

संगालोखबर 


















