संगालोखबर
फाइल तस्बिर

विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा भूमिहीन सुकुम्बासीकाहरूका लागि ५ सय वटा घर निर्माण गरिदिने भएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारको यस योजनाबारे सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।

Advertisement

मुख्यमन्त्री कार्कीका अनुसार यो कार्यक्रम सम्बन्धित स्थानीय तहहरूसँगको आवश्यक समन्वय र सहकार्यमा अगाडि बढाइने छ ।

उनले लेखेका छन्, ‘कोशी प्रदेश सरकारद्वारा आर्थिक वर्ष २०८३/०८४ मा भूमिहीन सुकुम्बासीका निम्ति सम्बन्धित स्थानीय तहसँगको समन्वयमा ५ सय घर निर्माण गरिदिने छ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!