
विराटनगर । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँ घटेको हो ।
आज सुन प्रतितोला दुई लाख ९७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला दुई लाख ९७ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला चार हजार नौ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला चार हजार नौ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 



















