संगालोखबर


विराटनगर । विराटनगरका सक्रिय समाजसेवी भगवान लाल साहको ९६ वर्षको उमेरमा निधन भएको छ ।

१९८७ साल बैशाख १ गते जन्मिएका उनको सोमबार विराट टिचिङ अस्पतालमा उपचारको क्रममा निधन भएको हो । साह एक सफल उद्योगी पनि हुन् । उनी विभिन्न संघसंस्थामा सक्रिय थिए ।

साहले अखिल नेपाल वैश्य सेवा समिति विराटनगरको संस्थापक एवं पूर्वअध्यक्ष, पञ्चमुखी हनुमान मन्दिर एवं श्रीराम दरबार सञ्चालक समितिका पूर्वअध्यक्ष, शीतल धर्मशालाको पूर्वअध्यक्ष, वैश्य समाजको वरिष्ठ सल्लाहकारका रूपमा समाजलाई अतुलनीय योगदान पुर्याएका थिए ।

उनका २ छोरा र १ छोरी छन् । साहको हाटखोलास्थित विश्रान्ति घाटमा सोमबार नै दाहसंस्कार गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!