संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । मोरङको केराबारी गाउँपालिका–७ मा यात्रुवाहक बसको ठक्करबाट वृद्धको मृत्यु भएको छ । आज अपराह्न धरानबाट केराबारीतर्फ जाँदै गरेको को १ ख २८२४ नम्बरको बसले पैदल हिँडिरहेका ८० वर्षीय लोकबहादुर राईलाई ठक्कर दिएको थियो ।

बसकाे ठक्करबाट गम्भीर घाइते भएका राईलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकाेमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

Advertisement

बस चालक केराबारी–५ का २५ वर्षीय संगम रानामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!