संगालोखबर


विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिकका लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री विदुरकुमार लिङ्थेपले आज आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण प्रस्तुत गरेका हुन् ।

कोशीमा सक्षम छोरी कार्यक्रमका लागि ७ करोड बजेट विनियोजन गरिएको छ । कोशी प्रदेश सरकारले प्रदेश भ्रमण वर्षलाई गौरवका साथ सञ्चालन गर्न १२ करोड बजेट विनियोजन गरेको छ ।

Advertisement

सूचना प्रविधिको अध्ययन, विकास र विस्तार गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । प्रदेशबाटै लाइसेन्स छाप्ने व्यवस्था मिलाउन पनि आवश्यक बजेट विनियोजन गरिएको छ ।

बजेटको पूर्णपाठ हेर्न (यहाँ) क्लिक गर्नुहोस् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!