
विराटनगर । कोशी प्रदेश सरकारले सक्षम छोरी कार्यक्रम सञ्चालन गर्ने भएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई लक्षित गरेर घोषणा गरिएको कार्यक्रमका लागि ७ करोड बजेट विनियोजन गरिएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री विदुर लिङ्थेपले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यो कार्यक्रमबाट २ लाख ७५ हजार छात्रा लाभान्वित हुने बताए ।

संगालोखबर 


















