कञ्चनपुर, ९ कार्तिक । नभन्दा बढी किसानले लगाएको उखु बालीमा व्यापक नोक्सानी गरेको छ । धान बाली काटिएपछि हात्तीको बथानले एक सातादेखि निरन्तररुपमा उखु बालीमा नोक्सानी पु¥याउन थालेको हो ।

Advertisement

आधा दर्जन किसानले पाँच बिगाहा खेतमा लगाएको पूरै उखु बाली खाएर रु आठ लाखभन्दा बढीको नोक्सानी पु¥याएको स्थानीय किसान सञ्चा रानाले बताउनुभयो । स्थानीय किसान रामदास राना, रामस्वरुप राना, बहादुर राना, सञ्चा रानाको पाँच बिगाहा खेतमा लगाएको उखु बालीमा व्यापक नोक्सानी पु¥याएको उहाँले बताउनुभयो ।

बैंक, सहकारी र समूहबाट ऋण लिई अधिकांशले उखु बाली गरेका छौँ रामदास रानाले भन्नुभयो, “हात्तीको बथानले नोक्सानी पु¥याउन थालेपछि मर्कामा परेका छौँ ।” हात्ती भगाउनका लागि रातभर जाग्राम बस्ने गरे पनि हात्तीले उखु बालीमा नोक्सानी पु¥याउन नछाडेको उहाँले बताउनुभयो ।

हात्ती नियन्त्रणका लागि माग गरे पनि कुनै निकायबाट सहयोग पाउन नसकेको यस क्षेत्रका किसानको भनाइ रहेको छ । पन्ध्रदेखि बीसको संख्यामा रहेको हात्तीको बथान खेतमा छिर्ने गरेको छ ।

यसैबीच, मंगलबार राति स्थानीय कलावती भट्टको घर हात्तीको बथानले भत्काई भण्डारण गरिएको अन्न सबै खाइदिँदा उनको परिवार बिचल्लीमा परेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!