
विराटनगर । कोशी प्रदेश सरकारले सवारी चालक अनुमति पत्रको परीक्षालाई सरल सहज र पारदर्शी बनाउने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले सो जानकारी गराएका हुन् ।
विगतका वर्षदेखि वितरण गर्न बाँकी रहेका सवारी चालक अनुमति पत्रको वितरण आगामी आर्थिक वर्ष भित्रमा सक्ने उनले बताए । उनले प्रदेशबाटै लाइसेन्स छाप्ने व्यवस्था मिलाउन आवश्यक बजेट विनियोजन गरेको उल्लेख गरे ।

संगालोखबर 


















