
विराटनगर । कोशी प्रदेश सभाको प्रत्यक्ष प्रसारणमा आजबाट सांकेतिक भाषाको सुरुवात भएको छ । संघीय संसद्को दुवै सदनको प्रत्यक्ष प्रसारणमा सांकेतिक भाषाको सुरुवातपछि कोशी प्रदेशमा पनि पहिलो पटक सुरु गरिएको हो ।
कोशी सरकारले अहिले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आज बजेट प्रस्तुत गरिरहेको छ । आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेप अहिले बजेट प्रस्तुत गरिरहेका छन् ।

संगालोखबर 


















