
विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार रुपैयाँ बढेको हो ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार दुई सय रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला दुई लाख ९३ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा एक सय २० रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला पाँच हजार १५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला चार हजार आठ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 


















