संगालोखबर


विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटको आकार बढाउने भएको छ । आज आर्थिक मामिला तथा योजना मन्त्री विदुर कुमार लिङ्थेपले दिउँसो ४ बजे बस्ने प्रदेशसभाको नवौँ अधिवेशनको एघारौँ बैठकमा बजेट पेश गर्ने तयारी छ ।

यस पटक कोशी सरकारले करिब ३९ अर्ब रुपैयाँ बराबरको बजेट ल्याउने तयारी गरेको छ । यो चालू आर्थिक वर्षको ३६ अर्ब २ करोड रुपैयाँको तुलनामा झण्डै ४ अर्ब बढी हो । संघीय सरकारको बजेटको आकार बढेका कारण र अनुदान रकममा भएको वृद्धिले प्रदेशको बजेटको आकार बढ्न लागेको जनाइएको छ ।

Advertisement

बजेटमा विगतमा जस्तै भौतिक पूर्वाधार, कृषि र स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ । चालू आर्थिक वर्षको कार्यसम्पादनलाई हेर्दा सरकारले करिब ३२ अर्ब रुपैयाँ मात्र आम्दानी गरेको छ ।

गत वर्ष ८० प्रतिशत बजेट खर्च भएकोमा यस वर्ष खर्चको दर घटेर ७० प्रतिशतको हाराहारीमा खुम्चिने सरकारी निष्कर्ष छ । खर्च घटेका कारण वैशाख मसान्तसम्म प्रदेशको सञ्चित कोषमा १२ अर्ब ८१ करोड ४१ लाख रुपैयाँ नगद मौज्दात रहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!