
विराटनगर । विराटनगर-४ स्थित रुद्रेश्वर शिव पञ्चायन मन्दिर सेवा समितिको आयोजनामा भएको एक महिने पुरुषोत्तम पुराण कथावाचन तथा माहात्म्य समापन भएको छ ।
एक महिनासम्म व्रत बसी विश्व शान्तिको कामना गर्दै पुरुषोत्तम पुराण समापन गरिएको हो । पण्डित रोहित गौतमले कथावाचन तथा पाठ गरेका थिए । समाजमा अमन-चयन, शान्ति, सद्भाव र एकता कायम गर्ने उद्देश्यले एक महिने पुरुषोत्तम पुराण आयोजना गरिएको आयोजक समितिका अध्यक्ष नुर्जा तिम्सिनाले जानकारी दिए ।
भक्तजनहरूले स्वतस्फुर्त आफ्नो गच्छे अनुसार गरेको आर्थिक सहयोगबाट पुराण सम्पन्न भएको समितिकी सदस्य लक्ष्मी घिमिरेले जानकारी दिए । सनातनी हिन्दु धर्म अनुसार पुरुषोत्तम महिनालाई पवित्र महिनाका रूपमा लिइन्छ ।
एक महिनासम्म श्रद्धालु भक्तजनहरू व्रत बसी रामलीला, कृष्णलीला, शिवलीला, विष्णु भगवान, आरती भजन लगायत कार्यक्रमहरू गरिएको थियो । दैनिक बिहान पूजापाठ र आरती, सन्ध्याकालीन पूजापाठ र आरती तथा कथा वाचन भएको थियो ।

संगालोखबर 



















