
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशका कार्यबहाक सभापति गोमा तामाङ सरिनले राजनीतिबाट बिट मार्ने घोषणा गरेकी छन् । कोशी प्रदेशको नेतृत्वका लागि भएको निर्वाचनमा पराजित भएपछि उनले राजनीतिबाट बिट मार्ने घोषणा गरेकी हुन् ।
कुल ७०२ मत खसेको निर्वाचनमा चन्द्र राई प्रदेश सभापतिमा विजयी भएका छन् । तामाङले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘राजनीतिक बिट मारेको घोषणा गरेकी हुन् ।
उनले लेखेकी छिन्, ‘आजबाट राजनीतिक बिट मारे । मतदाता सम्पुर्ण साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’ निर्वाचक कमिटीले अन्तिम मतपरिणाम सार्वजनिक गर्न बाँकी छ ।

संगालोखबर 

















