संगालोखबर


विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार एक सय रुपैयाँ घटेको हो ।

बुधबार सुन प्रतितोला १० हजार एक सय रुपैयाँ घटेको थियो । आज सुनको मूल्य प्रतितोला दुई लाख ८६ हजार सात सय रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला दुई लाख ९१ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

आज चाँदीको मूल्य पनि तोलामा ९० रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला चार हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला चार हजार सात सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!