संगालोखबर


विराटनगर । मोरङको लेटाङमा मोटरसाइकलले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा लेटाङ-२ बस्ने ३६ वर्षीया कञ्चन राईको मृत्यु भएको हो ।

सोमबार राति १०ः३० बजेतिर मोरङको लेटाङ नगरपालिका-२ बुधबारेस्थित धोबी चोकतर्फ जाँदै गरेको प्र १-०२-०४१ प ५५६२ नम्बरको मोटरसाइकलले दुई जना पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

Advertisement

मोटरसाइकलको ठक्करबाट कञ्चन र ३५ वर्षीया सूचना राई घाइते भएका थिए । उपचारका क्रममा कञ्चनको आर्या न्युरो अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै मोटरसाइकल चालक २६ वर्षीय सुशील मगर र पछाडि सवार २५ वर्षीय मौसम मल्ल ठकुरी घाइते भएका थिए । घाइतेहरू प्रारम्भिक उपचारपछि डिस्चार्ज भइसकेका प्रहरीले जनाएको छ ।

तीव्र गतिमा रहेको मोटरसाइकलका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!