संगालोखबर


विराटनगर । विराटनगरबाट चोरी भएको मोटरसाइकलसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी चलाइरहेको अवस्थामा भारतको बिहार राज्य, अररिया जिल्ला सोनापुर-९ का २२ वर्षीय मो. सहानुवाजलाई प्रहरीले पक्राउ गरेको हो ।

गत जेठ ७ गते दिउँसो अन्दाजी १२ः३० बजे विराटनगर-११ स्थित महेन्द्र चोकको सडक किनारबाट मोटरसाइकल चोरी भएको थियो । विराटनगर-१४ का रबिन्द्र कुमार यादवले आफ्नो को १९ प ५२०२ नम्बरको मोटरसाइकल हराएपछि मोरङ प्रहरीमा निवेदन दिएका थिए ।

Advertisement

निवेदन दर्ता भएलगत्तै मोरङ तथा मातहतका प्रहरी कार्यालयहरूबाट खोजतलास सुरु भएको थियो । खोजी गर्ने क्रममा जेठ २४ गते दिउँसो अन्दाजी ३ बजे विराटनगर-१७ रानीबाट मोटरसाइकलसहित उनलाई पक्राउ गरिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!