संगालोखबर


विराटनगर । विराटनगर-११ जनपथ टोलबाट तास खेलिरहेका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहानको राति १ः३० बजे महेश अग्रवालको घरमा तास खेलिरहेको अवस्थामा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

तासको खालमा छापा हानेर प्रहरीले विराटनगर-६ का ४० वर्षीय दिलिप साह, विराटनगर-९ का १९ वर्षीय राधे कामत, सुरज शर्मा, १८ वर्षीय निरज साह, २० वर्षीय रोहित सहनी तथा विराटनगर-११ का ७१ वर्षीय मेहिनीप्रसाद प्रसाईं, ३९ वर्षीय पोषण सहनी र विराटनगर-१२ का ४२ वर्षीय भरतकुमार राईलाई पक्राउ गरेको छ ।

Advertisement

त्यस्तै मोरङको ग्रामथान गाउँपालिका-५ का ३३ वर्षीय रञ्जित साह, बुढीगंगा गाउँपालिका-२ का ४६ वर्षीय ओमनाथ ढकाल, कटहरी गाउँपालिका-४ का ४७ वर्षीय रामु कामत र उदयपुर गाईघाटका ४६ वर्षीय लोकचन्द्र कार्की पक्राउ परेका छन् ।

तासको खालबाट दुई लाख ५७ हजार चार सय रुपैयाँ नगद बरामद भएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । उनका अनुसार तीनवटा मोटरसाइकललाई नियन्त्रणमा लिनुका साथै २२ बुङ तास र १४ वटा मोबाइलसमेत बरामद गरिएको छ ।

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!