
धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनकुटाको सभापतिमा भुवन थापा निर्वाचित भएका छन् । धनकुटाको तल्लो कोप्चेस्थित कर्नर जोनमा आइतबार सम्पन्न पार्टीको प्रथम जिल्ला अधिवेशनले थापाको नेतृत्वमा ९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपसभापतिमा नारदबहादुर कटुवाल, सचिवमा आशिष तामाङ तथा सहसचिव एवं संगठन विभाग प्रमुखमा सिराज जोसी चयन भएका छन् ।
त्यसैगरी, सदस्यहरूमा फडिन्द्र थापा, प्रेमबहादुर कार्की, बिमला गहतराज, मनोज खड्का र पुजन गिरी निर्वाचित भएका छन् ।

संगालोखबर 

















