संगालोखबर
फाइल तस्बिर

विराटनगर । कोशी प्रदेश सरकारले आइतबार बिदा हटाउने तयारी गरेको छ । हप्तामा पाँच दिन मात्रै काम गर्दा कार्यदिन नपुग्ने र खर्च तथा इन्धन बचतमा पनि खासै उपलब्धि नदेखिएको भन्दै यसबारे मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुझाव मागेका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मुख्यमन्त्री कार्कीले हप्तामा ६ दिन नै कार्यदिन बनाएर काम गर्दा कस्तो होला भन्दै प्रश्न गरेका छन् ।

Advertisement

‘कोशी प्रदेश सरकारले आफ्ना मन्त्रालय र मातहत अफिसलाई हप्ताको ६ दिन नै कार्यदिन बनाएर (साविक झै बिदा शनिवार १ दिन मात्रै) काम गर्दा कस्तो होला ?’, उनले लेखेका छन् ।

हप्ताको ५ दिन मात्रै काम गर्दा कार्यदिन नपुग्ने र खर्च तथा इन्धन बचत खासै उपलब्धि मूलक नदेखिएको उनले उल्लेख गरेका छन् । उनले यस विषयमा सुझाव दिन आग्रह गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!