
काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङले आफूलाई फेरि गृहमन्त्रीकै जिम्मेवारी दिइयो भने दुई महिनामा धेरै काम गरेर देखाउने बताएका छन् । आज रास्वपा गोरखाको अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
गुरुङले आफ्नो सम्पत्तिको छानबिनपछि सफाइ पाएर आफूले फेरि जिम्मेवारी पाउनेमा आशावादी देखिएका छन् ।
‘मलाई फेरि त्यो जिम्मेवारीमा इच्छाउनुहुन्छ, काबिल देख्नुहुन्छ भने म त्यो पदमा गइहाले भने पनि मलाई अलिकति समय दिनु’, उनले भने, ‘दुई महिनाजति समय दिनु । त्यतिखेर फोटो खिच्ने र माला लगाउने, खादा लगाउने, बधाई दिने कार्यहरू नगरौँ । मन्त्रालय धाउने काम नगरौँ ।’

संगालोखबर 

















