संगालोखबर


विराटनगर । मोरङको पथरी शनिश्चरे नगरपालिका-९ र १० को सिमानामा रहेको डाँस खोला किनारबाट धारिलो हतियार तथा विभिन्न औजारसहित १० जना युवा-युवती पक्राउ परेका छन् ।

उनीहरूलाई बुधबार राति करिब ११ः३० बजेतिर खोला किनारबाट प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा पथरीशनिश्चरे-१ शिखर चोककी १८ वर्षीया आरिया धिमाल, कृपा लिम्बू, पथरी शनिश्चरे-४ का १८ वर्षीय एबिन राई र १९ वर्षीय सुप्रिम राई छन् ।

Advertisement

यस्तै १८ वर्षीय रिदम तामाङ, पथरीशनिश्चरे-९ का १८ वर्षीय निशान माझी, १८ वर्षीय सुशन ठटाल, पथरीशनिश्चरे-१० त्रिवेणी चोकका १९ वर्षीय युजिन राई, १८ वर्षीय अपिल राई र २२ वर्षीय अभिषेक थापा रहेका छन् ।

शंकास्पद रूपमा बसेका उनीहरूको साथबाट कट्टी, खुर्पा, मार्तल, सानो हाते बन्चरो, चेन तथा भालाजस्ता धारिलो हतियार र औजार बरामद गरिएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए ।

उनका अनुसार पक्राउ परेका सबै जनालाई इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेकाविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाउन बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङबाट म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनीहरू कुनै व्यक्तिमाथि आक्रमण गर्ने योजनासहित बसेको पत्ता लागेको छ । सामान्य विवाद र झगडापछि आक्रमणको योजनासहित उनीहरू घरेलु हतियार लिएर बसेको पाइएको प्रहरीको भनाइ छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!