संगालोखबर


विराटनगर । विराटनगरको कान्तिपुर कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई अभिमुखीकरणसँगै स्वागत गरेको छ । विराटनगरस्थित सिटी पार्टी प्यालेसमा कार्यक्रमको आयोजना गर्दै कलेजले नयाँ विद्यार्थीहरूलाई स्वागत गरेको हो ।

कलेजका अनुसार यस वर्ष विभिन्न संकायमा गरी जम्मा ९०९ जना विद्यार्थीहरू भर्ना भएका छन् । विज्ञान संकायतर्फ ३२६, व्यवस्थापन तर्फ ४२४ र होटल व्यवस्थापन तर्फ १५९ जना विद्यार्थीहरू भर्ना भएका छन् ।

Advertisement

विगत लामो समयदेखि यी तीनवटै विधामा उच्चस्तरीय कक्षाहरू सञ्चालन गर्दै आएको कलेजका प्राचार्य भुवन नेपालले जानकारी दिए । विद्यार्थीहरूलाई स्वागत गर्दै उनले कलेजले गुणस्तरीय शिक्षासँगै अन्य अतिरिक्त क्रियाकलाप गराउँदै आएको बताए । खेलकुद, अतिरिक्त क्रियाकलाप र उत्कृष्ट नतिजाका कान्तिपुर कलेज सँधै अघि रहेको उनको भनाइ थियो ।

सोही अवसरमा कक्षा ११ को प्रवेश परीक्षामा उत्कृष्ट नतिजा ल्याउने तथा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट जिपिए हासिल गर्ने जेहेन्दार विद्यार्थीहरूलाई सम्मान गरिएको छ ।

उनीहरूलाई कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड, कोशी प्रदेश व्यवस्थापन कार्यालय विराटनगरका प्रमुख प्रकाश खरेल, कलेजका अध्यक्ष खुशीराज श्रेष्ठ लगायतले सम्मान गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!