संगालोखबर
तस्बिर : एआईको सहयोगमा

विराटनगर । झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागूऔषध तथा गाँजासहित ११ जना पक्राउ परेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार झापाको मेचीनगर नगरपालिका–१४ का आकाश चौधरीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाको संयुक्त टोलीले १६ ग्राम ४०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

त्यसैगरी प्रहरी चौकी टाघनडुब्बाको टोलीले दमक नगरपालिका–१० का सुरज राय र मोरङको विराटनगर महानगरपालिका–३ का बाबुराम दर्जीलाई १४ ग्राम ८१० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ ।

Advertisement

झापाकै इलाका प्रहरी कार्यालय अनारमनीले अर्जुनधारा नगरपालिका–७ का बिनोद मगर र भोजपुरको हतुवागढी गाउँपालिका–४ का सागर राईलाई ५ किलो ९० ग्राम गाँजासहित पक्राउ गरेको जनाएको छ ।

यता मोरङको अस्थायी प्रहरी चौकी कुशलबजारले पथरीशनिश्चरे नगरपालिका–८ का रबिन माझी, दुर्गा राई, पवन खत्री तथा कानेपोखरी गाउँपालिका–५ का रमल नेपालीलाई २०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

सुनसरीको अस्थायी प्रहरी चौकी जोरसखुवाको टोलीले धनकुटाको साँगुरीगढी गाउँपालिका–९ का बिनोद राई र विशाल राईलाई ३७० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!