संगालोखबर
तस्बिर : एआईको सहयोगमा

विराटनगर । सुनसरीको इटहरीबाट चोरी गरिएको मोटरसाइकलसहित मोरङको बेलबारीबाट दुई जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलबारी नगरपालिका-३ का २७ वर्षीय सुरज विक र २७ वर्षीय अनिष परियार छन् ।

शनिबार दिउँसो बेलबारी नगरपालिका-५ कसेनीस्थित भित्री सडक खण्डमा रोकेर राखिएको प्र ०१-०२-०४३ प ७२६६ नम्बरको पल्सर मोटरसाइकल फेला परेको थियो । इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उक्त मोटरसाइकल इटहरीबाट चोरी गरी ल्याइएको खुलेको हो ।

Advertisement

दुवै जनालाई मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर थप अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!