संगालोखबर


काठमाडौं । सरकारले नागरिकलाई निःशुल्क उपलब्ध गराइने औषधिहरू स्वदेशमै उत्पादन गर्ने उद्देश्यले नेपाल औषधि लिमिटेडलाई थप सुदृढ बनाउने घोषणा गरेको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै नेपाल औषधि लिमिटेडलाई कम्तीमा २५ प्रकारका औषधि उत्पादन गर्न सक्षम बनाइने बताएका हुन् ।

Advertisement

सरकारले निःशुल्क औषधि कार्यक्रमलाई प्रभावकारी बनाउन स्वदेशी उत्पादन बढाउने र बाह्य निर्भरता घटाउने नीति लिएको छ । यसका लागि नेपाल औषधि लिमिटेड लाई आवश्यक पूर्वाधार र क्षमता विकासमा जोड दिइने बजेटमा उल्लेख छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!