संगालोखबर


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सात दशक लामो त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु सबैको साझा दायित्व भएको बताएका छन् ।

गणतन्त्र दिवसको अवसरमा कोशी प्रदेश सरकारद्वारा आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले लोकप्रियतावादको नाममा भइरहेका गतिविधिले मुलुकले प्राप्त गरेका राजनीतिक उपलब्धिहरूमाथि गम्भीर प्रहार भइरहेको उल्लेख गरे ।

Advertisement

स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई पनि कमजोर पार्ने प्रयासहरू भइरहेको उल्लेख गर्दै उनले सबै परिवर्तनकारी राजनीतिक दल र नेताहरू सचेत र संगठित भएको बताए ।

उनले संविधानले प्रत्याभूत गरेका नागरिक अधिकार र लोकतान्त्रिक मूल्य मान्यतालाई कमजोर पार्ने कुनै पनि प्रयास सफल हुन नदिने उल्लेख गरे । उनले आजै परेको सगरमाथा दिवसको सन्दर्भ जोड्दै सगरमाथा नेपालको विश्वव्यापी पहिचान र गौरव भएको बताए ।

सन् १९५३ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेको सम्झना गर्दै उनले पर्वतारोहीहरू प्रति सम्मान व्यक्त गरे । साथै, जलवायु परिवर्तनका कारण सगरमाथा क्षेत्रमा देखिएका चुनौतीहरू सामना गर्न प्रदेश सरकार विश्व समुदायसँग सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!