
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार छ सय रुपैयाँ बढेको हो ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार छ सय रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्यमा पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला एक सय ७५ रुपैयाँ बढेको हो । आज चाँदी प्रतितोला पाँच हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला चार हजार आठ ६५ रुपैयाँमा कारोबार भएको थियो ।


संगालोखबर 















