संगालोखबर


विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डको रिक्त सदस्य सचिव पदमा विप्लव घोष नियुक्त भएका छन् । सामाजिक विकास मन्त्री रामप्रसाद महतोले घोषलाई ४ वर्षका लागि उक्त पदमा नियुक्त गरेका हुन् ।

सामाजिक विकास मन्त्रालयद्वारा जारी नियुक्ति पत्र अनुसार, प्रदेश खेलकुद ऐन, २०७६ (पहिलो संशोधन अध्यादेश, २०८१ समेत) को दफा ११ को उपदफा (१) बमोजिम उनलाई सदस्य सचिवमा नियुक्त गरिएको हो । उनको कार्यकाल २०८१ जेठ १३ गतेदेखि लागू हुनेगरि ४ वर्षको रहनेछ ।

Advertisement

सुनसरीको इनरुवा नगरपालिका-३ का स्थायी बासिन्दा घोष लामो समयदेखि खेलकुद क्षेत्रमा सक्रिय रहँदै आएका छन् । कराँतेका अनुभवी खेलाडी समेत रहेका उनी खेलकुदको विकास र विस्तारमा क्रियाशील व्यक्तित्व हुन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!