संगालोखबर


विराटनगर । कोशी प्रदेश सभामा लफडा भएको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित गर्ने प्रक्रियालाई लिएर आजको प्रदेश सभा बैठकमा लफडा भएको हो ।

मंगलबार सभामुख अम्बरबहादुर विष्टले संशोधनको समय नदिई नीति तथा कार्यक्रम ‘सर्वसम्मति’ ले पारित भएको घोषणा गरेपछि प्रतिपक्षी दलले आजको प्रदेश सभा बैठक अवरुद्ध गरेपछि आधा घण्टाका लागि बैठक स्थगित गरिएको छ ।

Advertisement

सभामुखले प्रतिपक्षीको विरोधका बीच जसपा सांसद निर्मला तावा लिम्बुलाई बोल्ने समय दिएपछि नेकपा सांसद तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राई आक्रोशित भएर रोष्टममा पुगेर माइक फाल्न खोजेका थिए । उनी जबरजस्ती रोष्टममा पुगेपछि मर्यादापालकहरूले रोकेका थिए ।

सभामुखले सांसदहरूलाई मर्यादामा बस्न आग्रह गरेपनि प्रतिपक्षीको लगातारको अवरोध र रोष्टम घेराउका कारण बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ । प्रतिपक्षी दलहरूले आफ्नो माग सम्बोधन नभएसम्म सदन चल्न नदिने बताएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!