संगालोखबर


विराटनगर । कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकले जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो ।

जेठ १४ गते प्रदेशका मन्त्रालयमा सचिव, स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतहरू र अन्य कार्यालयहरूमा कार्यालय प्रमुखहरूको नेतृत्वमा सरसफाइ गर्ने र साँझ दीपावली गर्ने तयारी गरिएको छ ।

Advertisement

यस्तै जेठ १५ गते बिहान प्रभातफेरी निकालिने र जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि मूल समारोह समितिको आयोजनामा हुने कार्यक्रममा मुख्यमन्त्री कार्कीले सम्बोधन गर्ने र साँझ दीपावली गर्ने कार्यक्रम छ ।

जेठ १६ गते स्वास्थ्य मन्त्रालयको अगुवाइमा अस्पतालका बिरामीलाई फलफूल वितरण गर्ने, सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमका आश्रितलाई फलफूल वितरण गर्ने र साँझ दिपावली गर्ने कार्यक्रम तय भएको छ ।

मूलसमारोह समितिको बैठकले जेठ १५ गते विभिन्न जातजातिको भेषभुषा झल्कने झाँकी सहित सहभागिताका लागि आग्रह गरेको छ । झाँकीलाई नगदसहित सम्मान समेत गरिने जनाइएको छ ।

दिवसलाई भव्य रुपमा सम्पन्न गर्न आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको नेतृत्वमा ११ सदस्यीय निर्देशक समिति बनाइएको छ । मूल समारोह समितिको बैठकले प्रभातफेरिमा सहभागी हुने कर्मचारीहरूलाई राष्ट्रिय झण्डा, प्ले कार्ड र ब्यानर सहित सहभागी हुन आग्रह गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!