संगालोखबर


काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार उक्त आदेश दिएको हो ।

देउवा दम्पतीलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंबाट अनुमति लिँदा नै प्रक्रिया नमिलेको सर्वोच्चले औँल्याएको छ । सर्वोच्चले देउवा दम्पतीलाई पक्राउ पुर्जी जारी गर्दा कानुनी व्यवस्थाले निर्दिष्ट गरे बमोजिमको विधि र ढाँचा अवलम्बन नगरेको आधारमा पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

Advertisement

सर्वोच्च अदालतले देउवा दम्पतीलाई पक्राउ नगर्न मुख्यतया चार वटा कानुनी र प्रक्रियागत आधारहरू उल्लेख गर्दै अन्तरिम आदेश जारी गरेको छ । कानुनी प्रक्रिया र स्थापित पद्धतिको पालना नगरी गरिने पक्राउले व्यक्तिको स्वतन्त्रता हनन हुने भएकाले अदालत र अनुसन्धान निकाय सचेत हुनुपर्ने आदेशमा उल्लेख छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!