संगालोखबर


विराटनगर । विराटनगरको किड्स भिलेज स्कुलले अभिभावकहरूका लागि एकदिने विशेष अभिमुखीकरण कार्यक्रम गरेको छ । बालबालिकाको चौतर्फी विकास, उनीहरूको मनोविज्ञान र आधुनिक शिक्षण पद्धतिमा अभिभावकको भूमिकाबारे सचेतना जगाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा प्रमुख प्रशिक्षक यम घिमिरेले सहजीकरण गरेका थिए । प्रशिक्षणका क्रममा घिमिरेले बदलिँदो परिवेशमा बालबालिकालाई कसरी बुझ्ने, उनीहरूको प्रतिभालाई कसरी प्रस्फुटन गराउने र घरको वातावरणलाई कसरी सिकाउने माध्यम बनाउने भन्नेबारे जानकारी गराएका थिए ।

Advertisement

उनले शिक्षा केवल विद्यालयको चार पर्खालभित्र मात्र सीमित नहुने भएकाले अभिभावक र शिक्षकबीचको निरन्तर समन्वय आवश्यक रहेको कुरामा जोड दिए । स्कुलका प्रिन्सिपल विजय दाहालले विद्यालय सधैँ गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्न प्रतिबद्ध रहेको बताए ।

उनले बालबालिकाको उज्ज्वल भविष्यका लागि विद्यालय र घर दुवैतर्फबाट उत्तिकै सहयोग र मार्गदर्शन आवश्यक पर्ने भएकाले यस किसिमको अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिइने उनले बताए । कार्यक्रममा अभिभावकहरूले बालबालिकाहरूले घरमा गर्ने व्यवहारका बारेमा जानकारी गराएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!