संगालोखबर


विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार आठ सय रुपैयाँ घटेको हो ।

आज सुन प्रतितोला दुई लाख ९० हजार नौ सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ९३ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

आज चाँदीको मूल्य प्रतितोला एक सय पाँच रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला पाँच हजार १० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला पाँच हजार एक सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!