
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एस सय रुपैयाँ घटेको हो ।
आज सुन प्रतितोला दुई लाख ९३ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बिहीबार सुन प्रतितोला दुई लाख ९३ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला पाँच हजार एक सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला पाँच हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।


संगालोखबर 
















