संगालोखबर


काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार जिम्मेवार नभएसम्म आफूहरू पछि नहट्ने बताएका छन् । प्रतिनिधिसभा बैठकबाट बाहिर निस्किएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै साम्पाङले सरकारलाई सदनप्रति जिम्मेवार बनाउन आफूहरूले कोसिस गरिरहेको बताए ।

उनले संसद बैठकमा पर्चा देखाएर गरेको प्रदर्शन जारी राख्ने उल्लेख गरे । आज पनि प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले पर्चा देखाएर विरोध जनाएका थिए । सभामुखले उनीहरूलाई आइन्दा यस्तो व्यवहार नगर्न चेतावनी दिए । तर साम्पाङले विरोध जारी राख्ने बताएका हुन् ।

Advertisement

‘जबसम्म सरकार जिम्मेवार हुँदैन, हामी पछि हट्दैनौँ’, उनले भने, ‘हाम्रो विरोध पाँच वर्ष नै चल्छ ।’ आफूहरूले सुकुमबासी, लिपुलेक, विदेशी ऋणलगायत विषयमा प्रश्न सोधेको तर मन्त्रीहरूले जवाफ नदिएको उनले बताए ।

मन्त्रीहरू आए पनि प्रश्न गर्न नपाएको उनको गुनासो छ । सभामुखले नै प्रश्न गर्न नपाउने भनेर रुलिङ गरेपछि आफूहरूले विरोध गरेको उनले बताए । सभामुखले सबै दलहरूको अभिभावको रूपमा भूमिका निभाउनुपर्नेमा साम्पाङले जोड दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!