
विराटनगर । विराटनगरको मेरिल्याण्ड कलेजमा कक्षा ११ भर्नाका लागि प्रवेश परीक्षा दिनेको घुँइचो लागेको छ । कक्षा ११ मा नौं सय जनाको कोटाका लागि सोमवार भएको प्रवेश परीक्षामा २१ सय भन्दा बढी विद्यार्थी सहभागि भएको कलेजले जनाएको छ ।
कलेजमा विज्ञान संकायमा २५० र व्यवस्थापन संकायमा ६५० जनाको कोटा निर्धारण गरिएको छ । २०५९ सालमा स्थापना भएको मेरिल्याण्ड कलेजमा विज्ञान, कम्प्युटर विज्ञान र व्यवस्थापन संकायको अध्यापन हुँदै आएको छ । प्रवेश परीक्षामा विद्यार्थीहरूको उल्लेख्य सहभागिताले आफूहरूलाई थप उत्साहित बनाएको कलेजका प्रिन्सिपल लक्ष्मण ढकाल बताउँछन् ।
मेरिल्याण्ड कलेजमा भर्नाका लागि प्रवेश परीक्षा दिन विराटनगरसहित छिमेकी जिल्ला र मधेश प्रदेशका विभिन्न जिल्लाहरूबाट पनि विद्यार्थीहरू आएका थिए ।

गुणस्तरीय शिक्षा र उत्कृष्ट शैक्षिक वातावरणका कारण मेरिल्याण्ड विद्यार्थीहरूको रोजाइमा पर्ने गरेको छ ।
विभिन्न संघसंस्था तथा शैक्षिक निकायले सार्वजनिक गर्ने मूल्याङ्कनमा पनि मेरिल्याण्ड कलेज उत्कृष्ट सूचीमा पर्दै आएको छ । पछिल्ला चार वर्षको परीक्षाफलका आधारमा केही समयअघि फोकस नेपालले गरेको सर्वेक्षणमा मेरिल्याण्ड देशकै उत्कृष्ट १० कलेजभित्र पर्न सफल भएको छ ।


संगालोखबर 

















