संगालोखबर


विराटनगर । सरकारले सुकुम्वासी बस्तीहरूमा विना विकल्प डोजर चलाइएको भन्दै मोरङका भूमिहीन सुकुम्वासीहरू आन्दोलित भएका छन् । आज मोरङका भूमिहीन सुकुम्वासीहरूले विराटनगरमा प्रदर्शन गरेका हुन् ।

संयुक्त संघर्ष समिति मोरङले प्रदर्शनसँगै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । समिति संयोजक निशा किरण राई नेतृत्वको टोलीले काठमाडौंको सुकुम्वासी बस्तीमा भएको बल प्रयोगलाई ‘अमानवीय’ र ‘गैरजिम्मेवार’ कदमको संज्ञा दिएको छ ।

Advertisement

ज्ञापनपत्रमा बालबालिका, महिला, ज्येष्ठ नागरिक र अशक्तहरूको संवेदनशीलतालाई समेत ख्याल नगरी डोजर प्रयोग गरेर उठिबास गराइएको भन्दै देशभरका सुकुम्वासीहरूमा त्रास फैलिएको उल्लेख गरिएको छ ।

उनीहरूले सुकुम्वासी बस्तीमा भइरहेको डोजर आतंक तत्काल बन्द गर्नुपर्ने, सुकुम्वासीहरूको अर्थपूर्ण सहभागिता रहने गरी उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने, वास्तविक सुकुम्वासीको पहिचानका लागि नगर र वडा तहबाटै लगत संकलन गरी उचित व्यवस्थापन गर्नुपर्ने माग राखेका छन् ।

यस्तै ऐलानी जग्गामा लामो समयदेखि बसोबास गर्दै आएका भूमिहीनहरूलाई यथाशीघ्र धनी पुर्जा वितरण गर्नुपर्ने लगायतका माग अघि सारेका छन् ।

समिति संयोजक संयोजक राईले भूमि ऐन २०२१ को ८ औँ संशोधनले भूमिहीनका लागि भूमि आयोगमार्फत जग्गा उपलब्ध गराउने व्यवस्था गरेको भए पनि सो प्रक्रियालाई लत्याएर बल प्रयोग गरिनु लोकतन्त्रको उपहास रहेको बताइन् । उनीहरूले आफूहरूका  मागलाई बेवास्ता गरिए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!