
विराटनगर । विराटनगर-५ स्थित एभरेष्ट कलेजमा कक्षा ११ मा भर्ना हुनका लागि करिब ६ सय जना विद्यार्थीले प्रवेश परीक्षा दिएका छन् । एसईई उत्तिर्ण विद्यार्थीहरूले आज बिहान ११ बजेदेखि परीक्षा दिएका हुन् ।
कलेजका भाइस प्रिन्सिपल टीएन भण्डारीका अनुसार ५ सय ७६ जना विद्यार्थी प्रवेश परीक्षामा सामेल भएका छन् । प्रवेश परीक्षा ११ मा विज्ञान तथा व्यवस्थापन संकायको अध्ययनका लागि रहेको उनले बताए ।
एभरेष्ट कलेजमा विज्ञान, कम्प्युटर विज्ञान र व्यवस्थापन विषयको अध्यापन हुने गरेको छ । एउटा कक्षा कोठामा ३५ जना मात्र विद्यार्थी राखेर अध्यापन गराउने एभरेष्टले विज्ञान तर्फ चार सेक्सन र व्यवस्थापन तर्फ दुई सेक्सन मात्र अध्यापन गराउने जनाएको छ ।
एभरेष्टका प्रिन्सिपल टिकाराम पुरीले निश्चित संख्यामा विद्यार्थी भर्ना गर्नुको उद्देश्य गुणस्तरीय शिक्षाका लागि रहेको बताए । एभरेष्ट आफैँमा एउटा ब्रान्ड रहेकाले गुणस्तरलाई अत्यत्न ख्याल गरिने उनको भनाइ छ ।
अत्यन्त सुविधा सम्पन्न भौतिक पूर्वाधारमा उच्चतम् प्रविधियुक्त शैक्षिक वातावरणमा अध्यापन हुने एभरेष्ट विद्यार्थी र अभिभावकको रोजाइमा पर्दै गएको छ । कलेजका अनुसार सीमित संख्या, गुणस्तरीय शैक्षिक वातावरण, स्थिर उत्कृष्ट नतिजा, विभिन्न अतिरिक्त कृयाकलाप र अन्तर्राष्ट्रिय फोरमहरूको उपयोग गर्ने वातावरणका कारण विद्यार्थी र अभिभावक आकर्षित हुने गरेका हुन् ।


संगालोखबर 

















