संगालोखबर

विराटनगर । विराटनगर-१० मा अवस्थित अर्किड कलेजले आज कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरूको प्रवेश परीक्षा लिएको छ । विज्ञान, व्यवस्थापन, कम्प्युटर साइन्स र होटल म्यानेजमेन्ट पढाइ हुँदै आएको अर्किडमा भर्ना हुनका लागि ११ सय बढी विद्यार्थीले प्रवेश परीक्षा दिएका हुन् ।

Advertisement

२०५६ सालमा स्थापना भएको अर्किडमा सबै संकायमा गरेर हाल ९५० बढी विद्यार्थीहरू भर्ना गरिँदै आएको छ । किताबी ज्ञानमात्रै नभएर कलेजले विभिन्न अतिरिक्त क्रियाकलाप र खेलकुदका क्षेत्रमा पनि उत्तिकै प्राथमिकता दिँदै आएको कलेजका प्राचार्य मनिष भट्टराईले बताए ।

‘कक्षा ११ मा साइन्स पढ्दै गरेका राजिव चौधरीले १०, १२ किलोमिटर परसम्म उड्न सक्ने ड्रोन बनाएका छन्’, भट्टराईले भने, ‘अत्यावश्यक सामग्री डेलिभरी गर्न सक्ने खालको ड्रोन बनाएका हुन् । अर्किडमा अध्ययन गर्ने विद्यार्थीहरू कुनै न कुनै क्षेत्रमा अब्बल हुन्छन् । यो त एउटा उदाहरण मात्र हो ।’

अर्किडमा कोशीसहित मधेश प्रदेशका विभिन्न जिल्लाबाट विद्यार्थीहरू आउने गरेका छन् । ‘अर्किडले विद्यार्थीहरूको चौतर्फी विकासका लागि विभिन्न काम गर्दै आएको प्रिन्सिपल भट्टराईले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!