संगालोखबर


विराटनगर । विराटनगर-१० मा अवस्थित कान्तिपुर माध्यमिक विद्यालयले कक्षा ११ मा भर्ना हुने विद्यार्थीहरूको प्रवेश परीक्षा लिएको छ । कलेजले आज लिएको प्रवेश परीक्षामा कोशी प्रदेशसहित मधेश प्रदेशका विभिन्न स्थानबाट आएका विद्यार्थीहरू उत्साहका साथ सहभागि भएका हुन् ।

विराटनगरकै अब्बल शैक्षिक संस्थाकारूपमा स्थापित भइसकेको कान्तिपुर कलेजले लिएको प्रवेश परीक्षामा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो । कान्तिपुरमा विज्ञान, व्यवस्थापन र होटल म्यानेजमेन्ट सङ्काय पढाइ हुँदै आएको छ ।

Advertisement

प्रवेश परीक्षाको नतिजा आजै बेलुकासम्ममा सार्वजनिक गरिने विद्यालयका प्राचार्य भुवन नेपालले जानकारी दिए । प्रवेश परीक्षामा गतवर्षको तुलनामा उल्लेख्य विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको उनले बताए ।

कान्तिपुरले तीनै सङ्कायमा एक हजार बढी विद्यार्थी भर्ना गर्दै आएको छ । जसमा विज्ञान सङ्कायमा ३४०, म्यानेजमेन्टमा ४८० र होटल म्यानेजमेन्टमा २२० विद्यार्थी भर्ना गरिने प्राचार्य नेपालले बताए ।

‘कान्तिपुरले विगतमा दिएको नतिजालाई आधार मानेर अभिभावक र विद्यार्थीहरू उत्साहित हुनुभएको छ’, प्राचार्य नेपालले भने, ‘कान्तिपुरमा अध्ययन गरेका विद्यार्थीहरू देखाएको क्षमता, विश्व बजारसँग प्रतिस्पर्धा गर्नसक्ने गुणस्तरीय शिक्षा लगायतका पक्षलाई देखेर यसपटक अभिभावकहरूले पनि कान्तिपुर रोजिरहनुभएको छ ।’

विराटनगरमा रहेका अन्य कलेजभन्दा कान्तिपुर पृथक र फरक रहेको प्राचार्य नेपाल दाबी गर्छन् । युवा प्राध्यापकहरूको समूहद्वारा कलेज सञ्चालन गरिरहेकाले पनि कान्तिपुर अब्बल रहेको उनले बताए ।

‘हामीले सीप र संस्कारसहितको शिक्षामा जोड दिएका छौं’, उनले थपे, ‘प्रयोगात्मकसँगै गुणस्तरीय शिक्षामा जोड दिएका कारण पनि कान्तिपुर सबैको रोजाइमा पर्न सफल भएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!