
विराटनगर । नेपाली क्रिकेटका अम्पायर भास्कर अर्यालको निधन भएको छ । विराटनगर–४ निवासी ४६ वर्षीय अर्यालको आइतबार बिहान निधन भएको हो ।
अर्याल एक महिनादेखि जण्डिस रोगबाट पीडित थिए । उनले राष्ट्रिय तथा प्रदेशस्तरका विभिन्न क्रिकेट प्रतियोगितामा अम्पायरको जिम्मेवारी सम्हाल्दै आएका थिए । निष्पक्ष निर्णय र अनुशासित कार्यशैलीका कारण क्रिकेट समुदायमा उनी सम्मानित अम्पायरका रूपमा परिचित थिए ।
उनको निधनप्रति कोशी प्रदेश क्रिकेट सङ्घ तथा नेपाल क्रिकेट सङ्घ (क्यान)ले गहिरो दुःख व्यक्त गरेका छन् । दुबै संस्थाले सामाजिक सञ्जालमार्फत अर्यालको निधनले क्रिकेट खेलको विकासमा अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।



















