संगालोखबर

विराटनगर । विराटनगरको एभरेष्ट सेकेन्डरी स्कुलले एसईई उत्रिर्ण विद्यार्थीहरूलाई आज अभिनन्दन गरेर बधाई तथा शुभकामना व्यक्त गरेको छ । स्कुलले कार्यक्रम आयोजना गरेर विद्यार्थीसहित उनीहरूका अभिभावकलाई पनि अभिनन्दन गरेको हो ।

Advertisement

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख शालिग्राम दाहाल र विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले अभिभावकलाई खादा र विद्यार्थीलाई खादासहित सम्मानपत्र प्रदान गरेर अभिनन्दन गरे । कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दाहालले शिक्षा क्षेत्रमा एभरेष्ट स्कुल अब्बल रहेको भन्दै यसवर्षको एसईईमा पनि उच्च जीपीएसहित शतप्रतिशत विद्यार्थी उत्रिर्ण गर्न सफल भएकोमा बधाई दिए ।

विद्यालयका प्रिन्सिपल पुरीले एभरेष्टले राम्रो नतिजा ल्याउने मात्र नभई विद्यार्थीहरूलाई राम्रो संस्कार पनि सिकाउने गरेको बताए । उनले एभरेष्टबाट एसईई उत्रिर्ण विद्यार्थीहरुलाई सकेसम्म एभरेष्टमै कक्षा १२ सम्म पढ्न आग्रह गर्दै यसै पटकदेखि काठमाडौँ विश्वविद्यालयको बीआईटी कोर्ष पनि सञ्चालन गरिने जानकारी दिए ।

कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल टीएन भण्डारीले विराटनगरका सबै स्कुलहरुको एसईई नतिजा जानकारी गराउँदै त्यसमा एभरेष्टको नतिजा राम्रो रहेको बताए ।

एभरेष्टबाट यसपटकको एसईईमा १९३ विद्यार्थी सहभागि भएकोमा शतप्रतिशत उत्रिर्ण भएका छन् । सबै विद्यार्थीले ३.२५ जीपीए कटाएका छन् भने १९ जना विद्यार्थीले ३.९५ भन्दा बढी जीपीए ल्याउन सफल भएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!