
विराटनगर । विराटनगरस्थित अरनिको कलेजमा कक्षा ११ को प्रवेश परीक्षा दिन आउनेको अत्यधिक भीड भएपछि नियन्त्रण र व्यवस्थापन गर्न प्रहरी नै परिचालन गर्नुपरेको छ । विद्यार्थीको प्रमुख रोजाइमा पर्ने गरेको अरनिकोमा प्रवेश परीक्षा दिन आउनेको भीडले कलेज आसपास क्षेत्रको सडक जाम भएको हो ।
अरनिको कलेज विज्ञान शिक्षामा मुलुककै अब्बल संस्थाका रूपमा चिनिन्छ । एसईईको नतिजा सार्वजनिक भएपछि कक्षा ११ को भर्ना खुला गरेको कलेजले आज बिहान ११ बजेका लागि प्रवेश परीक्षाको समय तोकेको थियो ।
जसमा २ हजार ४ सय ७५ जना विद्यार्थीले प्रवेश परीक्षा दिएको कलेजका प्रिन्सिपल राजेश कार्कीले जानकारी दिए । प्रवेश परीक्षाको नतिजा भोलि बिहान सार्वजनिक गर्ने कलेजको तयारी छ ।
भिडियो…

संगालोखबर 



















