संगालोखबर

विराटनगर । कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले कोशी प्रदेशको समग्र पर्यटन प्रवर्द्धनका लागि विराटनगरबाट प्रादेशिक, माउन्टेन र भारतका विभिन्न स्थानहरूमा सिधा हवाइ उडान गर्नुपर्ने माग राखेका छन् ।

Advertisement

अन्तर्राष्ट्रिय सगरमाथा दिवस मूल समारोह समितिको काठमाडौंमा बसेको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसमक्ष मन्त्री पराजुलीले यस्तो माग राखेका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पौडेलको संयोजकत्वमा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मूल समारोह समिति गठन गरिएको छ । सोही समितिको बैठकमा मन्त्री पराजुलीले विराटनगरको हवाई उडान सम्बन्धी माग पनि पेश गरेका हुन् ।

मन्त्री पराजुलीले कोशी प्रदेशमा रहेका विश्वप्रसिद्ध धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक धरोहरहरूको विकास र प्रचारप्रसारका लागि हवाई कनेक्टिभिटीको अपरिहार्यता औंल्याए । यस्तै, कोशी प्रदेशका चर्चित धार्मिक स्थलहरू पाथीभरा, चतरा, बराहक्षेत्र, हलेसी, पिण्डेश्वर धाम, किराँत र बौद्ध सांस्कृतिक सम्पदाहरूको बृहत्तर प्रचार साथै रिमालहरूको थप अनुसन्धान हुनुपर्ने धारणा पनि राखे । उनले जेनजी आन्दोलनका क्रममा जलाइएको विराटनगरस्थित कोइराला निवास, मदन भण्डारी सङ्ग्रहालय लगायतको संरक्षण तथा पुनःनिर्माण गर्नुपर्नेमा जोड दिए ।

पहिलो पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरिएको दिन मे २९ मा हरेक वर्ष विभिन्न कार्यक्रम गरेर अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने गरिएको छ । बैठकले सगरमाथा दिवसलाई यस पटक पनि विविध कार्यक्रमसहित भव्य रूपमा मनाउने निर्णय गरेको छ । बैठकमा पर्वतारोहण, वातावरण संरक्षण, हिमाली संस्कृति प्रवर्द्धन तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवाह अभिवृद्धि गर्ने विषयमा पनि छलफल भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!