संगालोखबर

विराटनगर । नेपाली बजारमा आज (शुक्रबार) सुन र चाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ४ हजार रुपैयाँले घटेको हो ।

Advertisement

आज छापावाल सुन प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार सुन प्रतितोला ३ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । बिहीवार प्रतितोला ५ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य ३ सय ५५ रुपैयाँले घटेर आज ५ हजार ३ सय ९० रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!