संगालोखबर

सुनसरी । सुनसरीको धरानमा एम्बुलेन्सभित्र ठूलो परिणाममा गाँजा भेटिएको छ । इलाका प्रहरी कार्यालय धरानको टोलीले धरान उपमहानगरपालिका–१३ मा एम्बुलेन्सभित्र राखिएको अवस्थामा ४ सय ४० किलो गाँजा बरामद गरेको हो ।  

Advertisement

नियमित चेकजाँचका क्रममा को १ च ७३५९ नम्बरको एम्बुलेन्स जाँच गर्दा प्लास्टिकको बोरामा प्याक गरी राखिएको अवस्थामा गाँजा भेटिएपछि एम्बुलेन्स नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार उक्त एम्बुलेन्स बुढासुब्वा डायग्नोष्टिक सेन्टर प्रा.लि. द्वारा सञ्चालित रहेको खुलेको छ । चालक तथा घटनामा संलग्न व्यक्तिहरू फरार रहेकाले उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!