
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँ घटेको हो ।
आज सुनको मूल्य प्रतितोला दुई लाख ९८ हजार नौ सय रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला दुई लाख ९९ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला पाँच हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला पाँच हजार दुई सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

संगालोखबर 




















