संगालोखबर
तस्बिर : एआईको सहयोगमा

विराटनगर । मोरङको रंगेली नगरपालिका-४ चोप्रहामा मोटरसाइकलले ठक्कर दिँदा वृद्धाको मृत्यु भएको छ । शनिबार बेलुका चोप्रहास्थित गणेश माध्यमिक विद्यालय नजिकैको भित्री पक्की सडक खण्डमा मोटरसाइकलले ठक्कर दिँदा ७३ वर्षीया कलियादेवी मण्डलको मृत्यु भएको हो ।

चोप्रहाबाट रंगेलीतर्फ जाँदै गरेको प्र १-०४-००३ प ००२१ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेकी मण्डललाई ठक्कर दिएको थियो । ठक्करबाट मण्डलको दाहिने खुट्टा र हातमा चोट लागेको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक सुनवर्षी नगरपालिका-२ बस्ने २९ वर्षीय आर्यण राजवंशी पनि घाइते भएका थिए । उनको हात, खुट्टा र अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै दुवै घाइतेहरूलाई उपचारका लागि रंगेली अस्पताल पु‍र्याइएको थियो । वृद्धालाई थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल रेफर गरिएकोमा उपचारकै क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

पैदलयात्रीले बाटो काट्ने क्रममा अचानक दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!