काठमाडौं, ५ कात्तिक । राजधानीको म्हेपीमा आज बिहान गोली चलेको छ । बिहान करिव पौने चारबजेको समयमा रानीबारी बस्ने कल्याण गुरुङमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

Advertisement

बिहान स्कुटीमा हिँडिरहेका २८ वर्षीय गुरुङलाई कारमा आएको समूहले गोली हानेको थियो । गोली गुरुङको घुँडा मुनि लागेकाले उनी खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

काडमाडौं प्रहरी प्रमुख एसएसपी रवीन्द्रसिंह धानुकका अनुसार गोली लागेका गुरुङको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । धानुकले घटनाको प्रकृति हेर्दा ग्याङ वार जस्तो देखिएको जानकारी दिदै थप अनुसन्धान भईरहेको बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!